सिन्धुली, २ बैशाख । सिन्धुलीको सिन्धुली अस्पतालमा तीन दिने बृहत् निः शूल्क स्वास्थ्य शिविर शुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना र सिन्धुली अस्पतालका साथै हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशन अमेरिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, निशुल्क भिडियो एक्सरे, जनरल मेडिसिन सेवा, निशुल्क ल्यावसम्बन्धी सेवा, आखाँ जाँच तथा निशुल्क चश्मा बितरण, दन्त रोग लगाएतका सेवा प्रदान गरिरहेको आयोजकले जनाएको छ । हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी नारायण श्रेष्ठले तीन दिनसम्म अस्पताल परिसरमा निः शूल्क रुपमा स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
सिन्धुली अस्पतालमा तीन दिने निः शूल्क स्वास्थ्य शिविर सम्पन्न भएपछि अन्य ग्रामिण क्षेत्रमा पनि निरन्तर निः शूल्क स्वास्थ्य शिविर आयोजना गरिने श्रेष्ठले बताउनुभयो ।