देउबहादुरको फोटो हुलक टिकटमा आउँछ, दुुरा भाषामा समाचार पढ्न पहल गर्नुुस : सञ्चारमन्त्री गुुरुङ

२०८२ बैशाख २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

तारा चापागाई 
पोखरा ,२ बैशाख ।  दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग गर्नुभएकाे छ । दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा बोल्दै दुरा जातिका अगुवाहरुले खजे दुराले दुरा जातिका लागि मात्र नभइ राज्यका लागि समेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति बनाउन माग गर्नुभएकाे हाे । उक्त वार्षिकोत्सवको सम्बोधन गर्दै संघीय सूचना तथा सञ्चार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय विभूति बनाउन आफुले सक्दो सहयोग गर्ने र तत्कालका लागि दुरा भाषामा समाचार पढ्ने, प्रकाशन गर्नुका साथै ठाडो भाखाका सर्जक देउबहादुर दुरालाई हुलाक चिठ्ठीमा राख्ने बताउनुभएकाे छ ।

लम्जुङको मध्य नेपाल नगरपालिका १० स्थित दुरा जातिको वर्चस्व रहेको हाँडीखोलामा आयोजित दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवको सम्बोधन गर्दै मन्त्री गुरुङले दुरा जातिको प्रबद्र्धनका लागि सरकारले सञ्चालन गर्ने सञ्चार माध्यममा दुरा भाषामै समाचार पढ्ने र त्यसका लागि निवेदन दिन आग्रह गर्नुभएकाे हाे । राज्यले अहिले २५ भाषामा रेडियो नेपालमा समाचार पढ्ने र ४५ भाषामा गोरखापत्रमा समाचार प्रकाशन हुने हुँदा २६औं र ४६औं भाषामा दुरा भाषा बनाउनका लागि तत्कालै निवेदन दिन अनुरोध गर्नुभयाे । दुरा जाति लोपोन्मुख अवस्थामा पुुग्दा भाषा र लिपिको विकास गर्दा यसले अस्तित्व जोगिने सुनाउनुभयाे । पछिल्लो समय राजावादीहरुको सक्रिय बढेको सुनाउँदै उहाँले अल्पसंख्यक जातिका लागि नै संघीयता आएको सुनाउँदै रावाजादीतर्फ नलाग्न समेत अनुरोध गर्नुभयाे ।

‘अल्प संख्यक जातिको संस्कृति जोगाउने संघीयताले नै हो राजावादीले होइन त्यसैले राजाको पछि नलाग्नुहोला’ उहाँले भन्नुभयाे । ठाडो भाखाका सर्जक लम्जुुङ हाँडीखोला बर्धानका देउबहादुर दुराले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले हुलाक टिकटमा राख्ने टिकटमा राज्यलाई योगदान दिने विशेष व्यक्तिहरुको फोटो उहाँहरुको इतिहास हेरेर राखिने सुनाउनुभयाे । आफ्नो अधिकारका लागि खोजेर मात्र नहुने र लोपोन्मुख अवस्थामा रहेको जातिको उत्थानका लागि स्वयम सचेत भइ आर्थिक तथा सामाजिक सम्मुुनतका लागि समेत युुवाहरुलाई सुरक्षा निकाय, निजामति कर्मचारी बनाउन जोड दिनुभयाे । हिजो पुर्खाहरुले पेन्सन पाउन र व्रिटिस आर्मीमा जानकै लागि गुरुङ लेखाउँदा आफ्नो मौलिक र वास्तविक जाति हटाउन बाध्य भएको विषयमा समेत राज्य गम्भिर भएकाले त्यसतर्फ ध्यान दिदैँ अब आफ्नै मुल जाति लेखाउन पाउने गरि व्यवस्था गर्न लागेको सुनाउनुभयाे। ‘राज्यको पछि लागेर मात्रै हुँदैन हामी पनि अब सक्षम हुन अत्यावश्यक छ । अधिकार खोज्नका लागि अब शिक्षित त हुनुपर्छ नै त्यसका बाबजुत अब हामी लोकसेवादेखी आर्मी पुलिसम्म हुनुपर्छ’ उहाँले भन्नुभयाे, ‘यसले राज्यका हरेक निकायमा हाम्रो सहभागिता जनाउछ र हाम्रो जातिको प्रर्बद्धन गराउन समेत मद्धत गर्छ । अहिले भाषाको विकास भइसकेको छ अब पहिचानका लागि अघि बढौं ।’ समाजका केन्द्रिय उपाध्यक्ष बलबहादुर दुराले दुरा समाज राज्यको तर्फबाट छायाँमा परेको सुनाए । समाजका अध्यक्ष सुरेश कुमार दुुराले १५५० देखि दुुरा जाति नेपालमा रहेको सुनाउनुभयाे । खजे दुराले राज्य अभिषेक गर्नका लागि कुस्माकर घिमिरेसहित राजा ल्याएको बताउनुभयाे । कालु शाहलाई ल्याएको र लम्जुङमा राजा स्थापना गराइएकाे थियाे ।

इतिहास अरुले लेखेर नभइ आफैले उजागर गर्नुपर्ने उहाँले सुनाउनुभयाे । आफुहरुको इतिहासलाई कसैले बङ्ग्याउन खोजे त्यो सह्य नहुने चेतावनी दिनुभयाे । दुरा जातिको वार्षिकोत्सव समारोह मनाउँदै गर्दा नमनाए हुुदैन भन्ने कुरा आएको र यो मनाउनै पर्ने उहाँले बताउनुभयाे । संस्थालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत गम्भिर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय