राष्ट्रपतिद्वारा संसद्मा बजेट अधिवेशनकाे आह्वान

२०८२ बैशाख ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ वैशाख । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गत चैत १९ गते अन्त्य गरेका थिए । राष्ट्रपतिले आह्वान गरेको यो बजेट अधिवेशन हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय