स्याङ्जामा झण्डै ८ तोला सुन बरामद,गाडी सहित चालक प्रहरी नियन्त्रणमा

२०८२ बैशाख ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,३ चैत । गल्याङ नगरपालिका १ राम्दीमा रहेको अस्थाई प्रहरी चौकिले झण्डै ८ तोला सुन सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

बुधबार साझ करिब ६:३० बजेको समयमा बुटवलबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ज ८८०९ नम्बरको इभि भ्यानबाट ७ तोला  ९६ लाल सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयाे ।

वालिङ नगरपालिका ६ घर भएका चालक प्रदीप अर्याल सहित गाडी र सुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सुन भोली बुटवल राजस्व कार्यालयलाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय