काठमाडौं,५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मतभेद नराखि एकताबद्ध भएर देश बनाउन आह्वान गर्नुभएको छ ।
शुक्रबार चितवनमा पूर्व पश्चिम राजमार्गको पुल्चोक– गोन्द्राङ ६ लेनको सडक खण्डको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सधै राजनीति र चूनावमा मात्रै ध्यान नदिइ बिकासका लागि सवै मतभेद हटाएर एकताबद्ध हुन आह्वान गर्नुभएको हो । बिचारमा बिविधिता हुन सक्ने भएपनि देशको बिकासमा मतभेद नराख्न उहाले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रीक मूल्यमान्यताका साथ मुलुकलाई सुशासन कायम गर्दै मुलुकलाई बिकासको बाटोतर्फ तीव्रताका साथ अघि बढाउन सरकारको ध्यान केन्द्रीत रहेको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको बिकासका साथै स्थीरता र स्थायीत्व कायम गर्न ठूला दुई दल सरकारमा रहेको जिकिर गर्नुभयो । उहाले देशमा संविधान बिपरित र अपराधिक क्रियाकलाप गर्नेहरु कानून भन्दा माथि हुनसक्दैन भन्ने स्थापीत भएको बताउनुभयो ।
उहाले एसियाली मापदण्डको सडकको सुरुवात चितवनको भरतपुरबाट भएको जिकिर गर्नुभयो ।
त्यस्तै उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताउनुभयो । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खोजिएको भन्दै उहाँले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गर्नुभयो ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।