पुतलीबजारमा एक व्यक्ति मृत अवस्थामा फेला

२०८२ बैशाख ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ६ वैशाख  ।  पुतलीबजार नगरपालिकाको वडा नम्बर ३ लत्रे पिपल बस्ने एक व्यक्ति मृत अवस्थामा फेला परेका छन ।

शुक्रबार साँझ ७:३० बजेकाे समयमा खेतमा पानी लगाउन भनी घर बाट निस्किएको अबेर सम्म घर फर्की नआएपछि खोजतलास गर्दा  पानीको बीचमा उतानो अवस्थामा मृत फेला हुन ।

अन्दाजी वर्ष ४० का मिलन विक्रम सेन  घरबाट अन्दाजी एक किलोमीटरको दूरीमा वडा नम्बर ५ को जुडी स्थित बाडखोला मा पानीको बीचमा उतानो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  हरी प्रसाद पौडेलले जानकारी दिनुभयो।

 घटनास्थल नजिकै १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङ समेत फेला परेको प्रहरी ले जनाएकाे छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको  छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय