पाल्पा,६ वैशाख । पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित फोक्सिहर खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सोही वडास्थित पिपरतुङ बस्ने ६५ वर्षीय कृष्ण बहादुर चिदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयाे ।
उहाका अनुसार बेलटारीस्थित पूजामा जान्छु भनेर हिँडेका कृष्णबहादुर घरबाट करिब ३ सय मिटर पश्चिमतर्फ रहेको भिरबाट तल खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।