ललितपुरको लुभुमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

२०८२ बैशाख ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ७ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ ।

बागमती प्रदेश–०१–००३ क ८७३० नम्बरको ट्यांकरको ठक्करबाट राजन सञ्ज्यालका २ वर्षीय छोरा प्रजनको मृत्यु भएको हो ।

दुर्घटना शनिबार दिउँसो भएको थियो । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार