काठमाडौ,९ चैत । विश्व पृथ्वी दिवसको अवसरमा मुक्तिनाथ फाउण्डेशनले सरोकारवालाहरुसंग छलफल गरेको छ ।
कार्वन व्यापार, जलवायु परामर्श र हरीत लगानी गर्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएकाे मुक्तिनाथ फाउन्डेसनका कार्यक्रम संयोजक देवि प्रसाद अर्यालले जानकारी दिनुभयो ।
अमेरीकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा घोषणा गरेको पृथ्वी दिवस आज संसारभरीका १९३ भन्दा बढि देशहरुले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन । नेपालमा पनि बढ्दै गएको वातावरण प्रदुषण, जलवायु परिवर्तन र प्राकृतिक श्रोतहरुको अस्वस्थ प्रयोगलाई न्यूनिकरण गरी दिगो र हरीत अर्थतन्त्र निर्माण गर्नु आजको मूख्य आवश्यकता रहेको देखिएको छ । जलवायु परिवर्तनले कृषिजन्य उत्पादनमा ह्रास आइरहेको कारण विश्वमा खाद्य असुरक्षा पनि बढ्दै गइरहेको छ । नेपाल जस्तो जलवायु परिवर्तनबाट हुने प्रभावमा उच्च स्थानमा रहेका देशहरुको हकमा जलवायु अनुकुलन र न्यूनिकरणका कार्यक्रमहरुमा नेतृत्वदायि भुमिका निर्वाह गर्दै धेरै उत्सर्जन गर्ने देशहरुलाई क्षतिपूर्तिको लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रमका सभापति तथा फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले जलवायु परिवर्तन न्यूनिकरणको शुरुवात व्यक्तिको दैनिक बानिव्यवहारमा सुधारको साथै वृक्षरोपण, जैविक उत्पादन, नविकरणीय उर्जा, हरीत उद्योग लगायतका वातावरण मैत्री व्यवसायहरुको विकास र विस्तार मार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।