कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : परीक्षा बोर्ड

२०८२ बैशाख १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा सञ्चालन गराउने निर्णय नभएको स्पट पारेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकको उपस्थिति बिना परीक्षाको कल्पना नगरिएको बताए ।

मंगलबार बिहान बोर्डको बैठकपछि कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने भनेर आएका समाचारप्रति अध्यक्ष शर्माले असन्तुष्टि जनाएका हुन् । बोर्ड बैठकपछि आफू पछिल्लो परिस्थितिबारे जानकारी गराउन माथिल्लो निकायमा गएको र त्यो बीचमा निराधार कुराहरू आएको अध्यक्ष शर्माले बताए ।

‘परीक्षाको विषयमा हिजो बिहान बोर्ड बैठक बस्यो । अस्तिसम्मको अवस्था ठिकै थियो । समस्या समाधान हुने लाइनमा थियो तर शिक्षामन्त्रीको राजीनमा आयो,’ अध्यक्ष शर्माले भने, ‘मन्त्री नभएपछि माथिल्लो निकायमा छलफल गर्नुपर्ने भयो । बोर्डको प्रस्ताव यस्तो छ भनेर सरकारका विभिन्न निकायमा पुगेँ । प्रधानमन्त्रीलाई भेटेर अपील निकाल्न ढिला भयो ।’

आफू बोर्ड बैठकबाट निस्किएर प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघिको समयमा आएका कुराहरू निराधार रहेको टिप्प्णी उनले गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय