पूजा खड्का
स्याङ्जा, ११ वैशाख । देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू २३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षा विधेयकको माग राख्दै सडकमा उत्रेका छन्।
विद्यार्थीको पठन पाठनमा समस्या देखिएको भन्दै स्याङ्जाका तीन स्थानीय सरकारले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै विद्यालय खुलाउन र पठनपाठन सञ्चालनको लागि विद्यार्थी भर्ना र शैक्षिक क्रियाकलाप संचालनको लागि अनुरोध गरेका छन्। आज २३ औं दिनको लोकतन्त्र दिवसको अवसर पारेर शिक्षकहरु रक्त दान कार्यक्रम गर्दै आन्दोलनलाई अघि बढाइरहेका छन्।
स्याङ्जाको बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गरेर पठनपाठन गर्न गराउन विद्यालय व्यवस्थापन समिति प्रधानाध्यापक शिक्षकलाई सूचना निकालेका छन्।
बिरुवा गाउँपालिका का अध्यक्ष सूर्यबहादुर कुँवरले बैशाख ९ गते हस्ताक्षरित सूचनामा लामो समयदेखि चलेको शैक्षिक आन्दोलनले शैक्षिक सत्र २०८२ सालको भर्ना प्रभावित भएको र अभिभावक लगायत सरोकार वालाहरुको ध्यान दिदै सोही दिनदेखि पालिका अन्तर्गत रहेका सबै सामुदायिक बिद्यालय संचालन गर्न भनि उल्लेख गरेको छ। त्यसै गरी हरिनास गाउँपालिका ले पनि पालिकाका सबै सामुदायिक बिद्यालयको खोली पठनपाठन सुचारु गर्न सूचना मार्फत सूचित गरेको छ भने हरिनास गाउँपालिका का अध्यक्ष खिम नारायण मानन्धरले बैशाख १० गते को सूचनामा शिक्षक, कर्मचारी तथा बालविकास शिक्षकहरूको विद्यालयमा पढाइ भएको दिनदेखिको मात्रै तलब निकास गर्ने जनाउदै सूचना प्रकाशित भएको छ।
त्यसै गरी गल्याङ्ग नगरपालिका ले शिक्षक महासंघको जायज माग प्रती समर्थन जनाउँदै प्रेस विज्ञप्ति निकालेको छ भने नियमित पठन पाठन सुरुवात नहुँदा विद्यार्थी अभिभाबक र समाज मा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षा लाई प्राथमिकता मा राखी विविध कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै वैशाख १४ बाट गल्याङ्ग नगर कार्यपालिका र नगर शिक्षा समिति को बैठक को निर्णय अनुसार अनिवार्य रुपमा अविलम्ब विद्यालय मा नियमित पठन पाठन सुचारु गर्न गराउन सम्बन्धित वडा,शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति प्रधानाध्यापक, शिक्षक हरुलाई अनुरोध गर्दै गल्याङ्ग नगरपालिका का मेयर गुरूप्रसाद भट्टराई को हस्ताक्षर सहित को सूचना प्रकाशित भएको छ।
शिक्षा ऐन जारी गरिनुपर्ने माग सहित नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरु चैत २० गतेदेखि आन्दोलनरत मा निरन्तर लागिरहेका छन् । आन्दोलन कै कारण कक्षा १२ को परीक्षा ११ गतेबाट सञ्चालन हुनुपर्ने मा आन्दोलन का कारण हाल का लागि स्थगित भएर पछि सरेको छ। सुरुवात मा सरकारले निजामती कर्मचारी लाई राखेर परीक्षा सञ्चालन गर्ने जनाए पनि पछिल्लो समय स्थगित हुन पुगेको छ। दबाब भन्दा पनि सहजता र समाधान मा अघि बढ्नुपर्ने अवस्थामा सरकारी र शिक्षक महासंघ का टोली दबाब मुलक अवस्थामा लाग्नु दुःखद विषय रहेको छ।