अबैध समान बरामद ,राम्दिबाट नियन्त्रण

२०८२ बैशाख १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,१२ बैशाख ।  गल्याङ नगरपालिका वडा न १ राम्दिमा अबैध सामान बरामद गरिएको छ । बरामद गरि ल्याएको सामान चिनी २१० बोरा प्रतिवोरा ५० के जि ,भुजा ३९ बोरा प्रतिबोरा ५ केजि र केराउ १८बोरा प्रतिबोरा ३० केजि सामान ल्याउदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति करिव १:३० बजे बुटवलवाट पोखरा तर्फ आउदै गरेको गाडि सहित तिन जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा रुपन्देही सुशोधन गाउपालिका वडा न ३ बस्ने २४ बर्षका गाडि चालक बसन्त परियार , पाल्पा रैनादेवि छहरा गाउपालिका वडा न ४ बस्ने ४०बर्षका सहचालक सुमन वि क र रुपन्देही गाउपालिका वडान ६ बस्ने २३ बर्षकम दिप्सन सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो । चालक सहचाकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार