सन्त निरङकारी मण्डल बयरघारी शाखाको आयोजनामा ६७ युनिट रगत संकलन

२०८२ बैशाख १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १४ वैशाख । “रगत नालीमा होइन, नाडीमा बगाऔ ” भन्ने नारा सहित मानव एकता दिवसको अवसर पारेर सन्त निरंकारी मण्डल नेपाल बयरघारी शाखाले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत संकलन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा संचालन भएको रक्तदान कार्यक्रममा ६७ यूनिट रगत संकलन भएको भिरकोट नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिनुभयो िउहाले रक्त दान गर्दै रक्त दान कार्यक्रमको उदघाटन गर्नुभएको थियो।

कार्यक्रममा भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। उहाले कार्यक्रममा बोल्दै रक्त दान जीवन दान भएको उल्लेख गर्नुभएको थियो । सन्त निरङकारी मण्डल ले मानवीय सेवा र एकताको लागि समाज मा सकारात्मक संदेश प्रबाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाले संस्थाले रगत संकलन बाताबरण सरसफाई देखि समाजमा शिक्षा स्वास्थ्य र मानवीय एकता सम्बन्धी सकारात्मक सन्देश प्रवाह गरेको र नया पुस्तालाई पनि प्रेरणाको स्रोत बनेको जिकिर गर्नुभयो।

सन्त निरंकारी मण्डल बयरघारी शाखा अध्यक्ष भिम बहादुर थापाको अध्यक्षतामा सुरुवात भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा दहथुमको समन्वय र भीरकोट जेसिज र लायन्स क्लब अफ भीरकोट को सहभागिता सहित भिरकोट मा रहेका विविध संस्था अन्तर्गत भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, जेसिस र लायन्स का सदस्यहरू, विविध संस्थामा आबद्ध बौद्धिक व्यक्तित्वहरू, सर्वसाधारण देखि स्थानिय र दहथुम प्रहरी चौकीका प्रहरी सहितको सहभागिता रहेको थियो ।
कार्यक्रम मा संस्थाका अध्यक्ष भिम बहादुर थापाले संस्थाको उद्धेश्य अनुरुप आफूहरुले कार्य लाई निरन्तरता दिएको उल्लेख गर्दै मानवीय सेवाको लागि सदा तत्पर रहने जानकारी गराउनुभयो। उहाले मानवीय एकता ले नै समाज मा विकास गर्न सकिने उल्लेख गर्दै जुटेर काम गर्दा उपलब्धि हासिल गर्न सकिन्छ भन्दै जुटेर काम गर्दै अघि बढ्नुपर्छ भन्ने आफ्नो धारणा व्यक्त गर्नुभयो। त्यसै गरी आफूहरुले आयोजना गरेको कार्यक्रम लाई सफल बनाउन सहभागी भएर सहयोग गर्नुभएका सम्पूर्ण प्रति आभार प्रकट गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार