काठमाडौँ , १४ वैशाख। शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते हुनुभएकाे छ । शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुग्नुभएकाे थियाे ।
सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो ।
उहाँको दुवै आँखामा गम्भीर चोट लागेको छ । कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो ।