कमल थापाले आयोजना गरेको सभामा पुगे राजेन्द्र लिङ्देन

२०८२ बैशाख १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ वैशाख । काठमाडौंको भृकुटिमण्डपमा राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन् ।

उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेका हुन् । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।

भृकुटिमण्डपमा राजसंस्था पुनस्थापना लगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी हुन राप्रपाका महामन्त्री धवल शमशेर जबरा लगायत पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय