च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन प्रभु साहको माग

२०८२ बैशाख १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ वैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए। अहिले एमालेले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा छ।

उनले भने, ‘सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ, म सोध्न चाहन्छु तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था होरु यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन?आज प्रतिष्ठानहरु नेताको लुट्ने भाँडो भएको छ।

उनले तुलसीलाल स्मृति प्रतिष्ठान व्यापारिक संस्था भए एमालेले भन्दा आफ्नो पार्टी धेरै भाडा दिन तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय