काठमाडौं, १९ वैशाख । अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
लामो समयदेखि नेपालका पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई युरो ६ बनाउने कुरा उठ्दै आएको थियो । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।