ट्राईकोभर्मीकम्पोष्ट प्रवर्द्धनका लागि एग्रोभेट र कृषि सामाग्री आपूर्तिकर्तासँग अन्तरक्रिया सम्पन्न

२०८२ बैशाख २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २० वैशाख । ट्राईकोभर्मीकम्पोष्ट प्रवर्द्धनमा एग्रोभेट व्यवसायी तथा कृषि सामाग्री आपूर्तिकर्ताहरुको भूमिका स्पष्ट पार्ने, सहकार्य सम्भावनाको पहिचान गर्ने र स्थानीय सरकार तथा सहकारी संस्थासँग सहकार्यको बाटो खोल्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिका–३ मा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आक्स नेपालको आर्थिक सहयोग , गल्याङ नगरपालिकाको समन्वय, परिवर्तन बहुउद्देश्यीय सहकारी र शुभबिहानी महिला बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

IDE नेपालको आयोजनामा परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था र शुभबिहानी महिला बहुउद्देश्यीय सहकारी संस्था गल्याङको समन्वयमा सम्पन्न कार्यक्रम वडा नं ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा वडाध्यक्ष भट्टराईले गल्याङ नगरपालिका जस्तो पहाडी क्षेत्रका लागि ट्राईकोभर्मीकम्पोष्ट जस्ता जैविक मलहरू दिगो कृषि प्रणालीको मेरुदण्ड हुनसक्ने धारणा राख्नुभयो । उहाँले रासायनिक मलको विकल्पका रूपमा ट्राईकोभर्मीकम्पोष्टले माटोको स्वास्थ्य जोगाउन, उत्पादनशिलता बढाउन र वातावरणमैत्री खेती प्रणालीलाई प्रोत्साहन गर्न सक्ने उल्लेख गर्नुभयो । त्यस्तै स्थानीय किसान, सहकारी र निजी क्षेत्रबीच सहकार्यको वातावरण निर्माण गरी यस्ता प्रविधिको प्रयोग विस्तार गर्न सकिने भन्दै यस्ता अन्तरक्रिया कार्यक्रमले ज्ञान आदानप्रदान र सहकार्यको सम्भावनालाई उजागर गर्ने बताउनुभयो ।

त्यसैगरी उक्त कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष झविलाल पाण्डे, गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख भिम क्षेत्री, IDE नेपालका परियोजना अधिकृत नितेश घर्ती, कृषि उपज बजारीकरण सुपरभाइजर छवि भट्टराई, परिवर्तन बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार दर्वेन्द्रदेव खनाल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा ट्राईकोभर्मीकम्पोष्टको प्रयोग, बजार सम्भावना, आपूर्ति श्रृंखला र दीगो प्रयोगबारे विस्तृत छलफल गरिएको थियो । कृषि उपज बजारीकरण वालिङका सुरभाइजर रुपा डोटेलले IDE नेपालद्वारा सञ्चालित “प्रेरणा (PRERNA)” परियोजनाको सामाजिक नवप्रवर्तन कोष अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । जसको उद्देश्य प्राकृतिक स्रोतको उपयोगमार्फत उद्यम विकास र उत्पादनशीलता प्रवर्द्धन गर्नु हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय