काठमाडौँ, २० वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।