पूजा खड्का
स्याङ्जा, २१ वैशाख । कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ कट्टी स्थित मिर्मी भुस्तुङ भित्री सडक खन्डमा ट्याक्टरले आईतबार करिब ११:५९ मा मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार भगबती पाण्डे घाइते हुनुभएकाे छ ।
लु.४ त. ३७९० नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा मिर्मिबाट भुस्तुङतर्फ जाँदै गरेको लु. ९४ प. ९४५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडी सवार कालिगण्डकी गाउँपालिका वडा नंवर ४ घरी पोखरा बस्ने ३५ वर्षीया भगवती पाण्डे घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिनुभयो।
घाइते भएका पाण्डेलाई कालिगण्डकी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पाल्पा रिफर गरेको र घाइतेको टाउकोमा चोट लागेको खुल्न गएको छ । घटनामा रहेका दुवै सवारी साधन र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइ रहेको प्रहरी स्रोतले जनाएको छ ।