“हरियो वन नेपालको धन होइन” वन उपयोग गरौं : उपसभापति गुरुङ

२०८२ बैशाख २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२३ बैशाख । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले “हरियो वन नेपालको धन” भनेर मात्र बस्न नहुने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पुर्व मन्त्री गुरुङले वनलाई उपयोग गर्न सके मात्र धन हुने भन्दै वन उपयोग गर्न तर्फबाट ध्यान दिन सांसद र सभामुखको ध्यानाकर्षण गर्नुभएको छ ।

प्रतिनिधिसभामा बोल्दै उहाँले भन्नुभयो “हरियो वन नेपालको धन” भनेर हुँदै वन हेरेर बस्ने होकि उपयोग गर्ने हो ? हरियो वन नेपाल धन भन्दै बस्ने र मलेसिया,कम्बोडिया,भियतनाम लगायतबाट काठ आयात गरेर देश चल्दैन ।” नेपालको वनलाई नेपालकै धनको रुपमा उपयोग गर्न सके मात्र देशमा आर्थिक समृद्धि हुने उहाँको धारणा थियो ।

नेपालमा पाइने सात सय भन्दा बढी जडिबुटी चोरी निकासी भएको भन्दै यसको खेती गरेर देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिने पनि उहाँको राय थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय