मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमणमा तीन जनाको मृत्यु,पाकिस्तानकाे हवाई क्षेत्रसमेत बन्द

२०८२ बैशाख २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२४ वैशाख । भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ ।

पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको जनाएको छ । डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म १२ जना घाइते भएका छन् । तर भारतीय मिडियाले भने पाकिस्तानमा आक्रमण भएको बताए पनि मृत्युको सम्बन्धमा केही भनेका छैनन् ।

भारतको यो आक्रमण सैन्य इलाकामा नभई अन्य वस्ती क्षेत्रमा भएको जनाइएको छ । यो आक्रमणसँगै पाकिस्तानले आफ्नो हवाई क्षेत्रसमेत बन्द गरेको छ ।

भारतको कास्मिर पहलगाममा पयर्टनमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारवाही गरेको हो । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार