राजावादीले घोषणा गरे अनिश्चितकालीन जनआन्दोलन

२०८२ बैशाख २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२५ वैशाख । राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ। राजावादीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको हो।

राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेको संयोजक नवराज सुवेदीले बताउनुभयाे। उहाँका अनुसार हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहनेछ। ‘२०८२ जेठ १५ देखि सुरु हुने यो आन्दोलन हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन। आन्दोलनको विस्तृत कार्यक्रम उपयुक्त समयमा जानकारी गराइनेछ,’ १४ बुँदे वक्तव्यमा भनिएको छ।

जेठ १५ गतेदेखि देशका विभिन्न स्थानमा जुलुस, धर्नालगतयका जनप्रदर्शन गरिने संयोजक सुवेदीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय