पूजा खड्का
स्याङ्जा, २६ वैशाख । “विकासको पहिलो खुट्किलो शिक्षा हो ” भन्दै पूर्व गण्डकि प्रदेशका पुर्व शिक्षामन्त्री मेंखलाल श्रेष्ठले राजनीति गर्दा शिक्षा मा प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाले पुतलीबजार नगरपालिका वडा ९ बहाचौर उच्च माविमा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै विकासको खुट्किलो शिक्षा भएको बताउनुभएको हो। उहाले राजनीति गर्दा वा समाज सेवा गर्दा शिक्षालाई जोड दिनुपर्ने बताउँदै आफूले सिकेको सीप उत्पादनमा जोडिएर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको थियो। पूर्व मन्त्री श्रेष्ठले सिकेको सीपलाई पस्कन जान्नुपर्छ भन्दै उत्पादनमा जोडिन आवश्यक रहेको र उत्पादन गर्दा पनि आफ्नै स्थानिय माटोमा सदुपयोग गर्न सुझाव गर्नुभएको थियो। उहाले सिकेको सीप सही सदुपयोग गर्न सकेको खण्डमा जीविकोपार्जन गर्ने सहज हुने बताउँदै अघि बढ्न र रहन सकिने जिकिर गर्नुभयो।
उहाले हामीले तिरेको कर स्थानिय स्तरमा सदुपयोग गर्न पाउनुपर्छ भन्दै विकासको लागि खर्चिन र सडक स्तरोन्नति मा जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले यहाँका दानवीर मिलेर पैसा संकलन गर्दै गुम्बा बनाउन सफल हुनुभएको छ भन्दै खुशी व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशका नेपाली कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री अन्तर्गत कपी र कलम ५४ जना विद्यार्थीलाई वितरण गर्नुभएको थियो भने पूर्व मन्त्री खडक बहादुर गुरुङ्ग ले कक्षा १ देखि ७ सम्मका ६० जना विद्यार्थी लाई शैक्षिक सामग्री अन्तरगत कापी कलम बितरण गर्नुभएको थियो। शैक्षिक सामग्री कार्यक्रम अन्तर्गत ११४ जना विद्यार्थीलाई कापी र कलम बितरण गरिएको उक्त कार्यक्रम मा गण्डकी प्रदेश का पूर्व सांसद भागवत प्रकाश मल्ल, शैक्षिक सामग्री तथा व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्याङ्जा अस्पतालका पूर्ण अध्यक्ष इन्द्र रिजाल, शिक्षक शिक्षिका, अभिभाबक विद्यार्थी तथा स्थानिय बुद्धिजीवी सर्वसाधारण को उल्लेखनीय सहभागिता रहेको थियो।