बुटवल, २८ बैशाख । एकैदिनमा दुई सय बाइक डेलीभरी गरेर नेपालमा रेकर्ड कायम राखेको ट्रायम्फ बाइकको दोस्रो शोरुम बुटवलमा संचालनमा आएको छ ।
शुक्रबार उद्घाटन भएको बुटवलको कालिकानगरमा रहेको बस्याल अटो कर्प पा.ली ट्रायम्फ नेपालको दोश्रो शोरुम बनेको हो । उद्घाटनकै दिन उक्त स्वरुमले १५ बाइक बिक्री गरेको छ ।
उद्घाटन समारोहमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा यस्तो अन्तर्राष्ट्रिय ब्रान्डको डिलरशिपले मोटरसाइकल पारखीहरूलाई नयाँ अनुभव दिलाउने विश्वास व्यक्त गनु भयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले ट्रायम्फ शोरुमको स्थापनाले बुटवलको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भन्दै, युवा पुस्ताको चाहनालाई मध्यनजर गर्दै नयाँ मोडेलहरुको उपलब्धताले बजारमा उत्साह थप्ने बताउनु भयो ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले स्क्र्याबलर ४०० एक्स र स्पीड ४०० गरी दुई मोडेलका बाइकहरु इन्जिन, पिकअप र बीएचपीमा अन्य बाइक भन्दा बलिया, उत्कृष्ट इन्जिनियरिङ र सुरक्षित भएको बताउनुभयो । थापाका अनुसार मोटरसाईकलमा ६ गियरसहितको इन्जिन,३७.५ न्युटन मिटर टर्कसहित पिकअप क्षमता र ब्रेक हर्स पावर ३९ रहेकाले जस्तोसुकै सडकमा सहजरुपमा चलाउन सकिन्छ। मोटरसाईकलमा इमोबिलाइजर यन्त्र जडान भएकाले कसैले चोरेर लैजान नसक्ने उहाँको दावी छ।
थापाका अनुसार स्क्राम्बलर ४०० एक्सको सिट हाइट ८३५ एमएम र स्पीड ४०० को सिट हाइट ७९० एमएम तथा दुबै मोडेलका बाइकमा १३ लिटर पेट्रोल ट्यांकी रहेका छन्। यसका साथै स्क्राम्बलर ४०० एक्स चार रंगमा र स्पीड ४०० तीन रंगमा उपलब्ध रहेका छन्। शोरुम उद्घाटनकै दिन १५ युनिट मोटरसाइकल बिक्री तथा डेलिभरी हुनु उपभोक्ताको उत्साह र विश्वासको संकेत भएको बस्याल अटो कर्पका सञ्चालक आकर्षक बस्यालले बताउनु भयो । उहांले दक्ष जनशक्तिसहित सेल्स, सर्भिस र स्पेयरको सुविधा उपलब्ध भएकाले अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव दिलाउने बताउनु भयो । बश्याल अटो कर्पका अध्यक्ष गोपाल बस्यालका अनुसार बेलायतबाट शुरु भएको ट्रायम्फ बाइक पछिल्लो समय भारतबाट उत्पादन र पश्चिम नवलपरासीको भूमहीमा एसेम्बल भइरहेको छ। फिस्लिने अवस्था वा खराब सडकमा बाइकको पांग्रा चिप्लिन नदिने यो प्रणालीले सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्ने यी बाइक प्रयोगकर्ताहरुले बताउने गरेका छन् । यो सुविधा विशेष गरी wet वा sandy सडकमा बाइकलाई चिप्लिन नदिई सुरक्षित बनाउँछ।
हाल नेपालमा Triumph Scrambler 400X रु. ६,९९,९०० र Triumph Speed 400 को नेपालमा मूल्य: रु. ६,३९,९०० रहेको छ ।