पुजा खडका
स्याङ्जा, १ जेठ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलन जेठ ३ गते शनिबार हुने भएको छ । क्षेत्रीय सम्मेलन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा हुने स्याङ्जा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको क्षेत्रिय सम्मेलन सफल र प्रभावकारी बनाउन सबै तहका कार्यसमिति र नेताहरूसँग आपसी छलफल र अन्तरक्रिया गरिएको रेग्मीले जनाउनुभयाे। कार्यक्रमको लागि विविध प्रबन्ध मिलाइएको जानकारी गराउँदै उहाँले सम्मेलन भव्य सभ्य बनाउन जिल्लावासी पार्टीका विविध पदमा भूमिका निभाउनु भएका पदाधिकारी, सदस्य, विविध व्यक्तित्त्व लगायत बौद्धिक वर्ग सर्वसाधारण पार्टीका शुभेच्छुक र शुभचिन्तकहरु लाई सहभागिताको लागि अनुरोध गर्नुभएको छ।
कार्यक्रम स्याङ्जा पुतलीबजार नगरपालिकाको सिटी हलमा बिहान ११ बजे देखि हुने जानकारी गराइएको छ। कार्यक्रम सफल बनाउन सामाजिक सञ्जालमा पार्टी भित्रका पालिका प्रमुख उपप्रमुख पदाधिकारी क्षेत्रिय प्रतिनिधि,भातृ संस्थाका पदाधिकारी लगायत शुभचिन्तकको प्रचार प्रसार व्यापक रुपमा रहेको पाइन्छ ।