देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

२०८२ जेष्ठ ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२ जेठ । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताउनुभएकाे छ ।उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताउनुभएकाे हाे ।

आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युतको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताउनुभयाे । सो अवसरमा मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउँदै मिलेर काम गर्ने बताउनुभयाे ।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले उर्जा क्षेत्रमा अपार सम्भावना भएको औल्याउँदै नीति नियमलाई सहज बनाउनु पर्ने सुझाव दिनुभयाे ।एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीहरुले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गर्नुभयाे । उहाँले आगामी दिनमा आफूहरु जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताउनुभयाे । उक्त भेटघाटमा उर्जा राज्यमन्त्री खम बहादुर गर्बुजाको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय