४६% वन संरक्षण गरेर विदेशी काठ आयात गरेर देश समृद्धि हुँदैन : पुर्व मन्त्री गुरुङ

२०८२ जेष्ठ ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, २ जेठ । नेपालमा बढ्दै गएको वन क्षेत्र संरक्षण गरेर मात्र देशको समृद्धि नहुने नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले नेपालमा ४६ प्रतिशत वन राखेर बिदेश बाट काठ आयात गर्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो , “नेपालको ४६ प्रतिशत वन हेरेर बस्ने र विदेश बाट काठ आयात गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । नेपालको वन लाई प्रयोग गर्ने निति बनाउनुपर्छ ।”

नेपालमा ७ सय भन्दा बढी औसधिजन्य जडिबुटी भएको भन्दै त्यसको खेती गर्न सरकारले निति तथा कार्यक्रममा मार्फत समेट्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , “नेपालमा पाइने औसधिजन्य ७ सय भन्दा बढीका जडिबुटीको खेती गरौं भन्दै आएको छु तर अहिलेको निति तथा कार्यक्रममा पनि यो कुरा समेट्न सकिएन ।” नेपालमा पाइने जडिबुटीको खेती गर्न तिर ध्यान नदिएर मात्रै पैसा छैन पैसा छैन भन्ने प्रवृत्तिले देशले विकास नहुने भन्दै यता तर्फ गम्भीर हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय