बुढीगण्डकी र आधिँखोला जलाशययुक्त आयोजनाले मात्रै देशमा विद्युत परिपुर्ति गर्छ : काङ्ग्रेस उपसभापति गुरुङ

२०८२ जेष्ठ ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, २ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बुढीगण्डकी, आधिँखोला जस्ता जलाशययुक्त आयोजनाले मात्रै देशमा विद्युत परिपुर्ति गर्ने बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधि सभामा बजेटका प्राथमिकताबारे छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले नेपालमा जलाशययुक्त विद्युत आयोजनाले मात्रै नेपालको विद्युत परिपुर्ति गर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो ,”निजि क्षेत्रलाई आह्वान गरेर जलाशययुक्त आयोजना बनाउनुपर्दछ अब नेपालको आवश्यकता जलाशययुक्त आयोजना हो ।”

विद्युत परिपुर्तिमा भारतमा निर्भरता हुनुपरेको भन्दै यसको विकल्प भनेकै जलाशययुक्त आयोजना भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय