काठमाडौ, ३ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले सिद्धार्थ राजमार्गको स्तरउन्नति गरे दक्षिण एसियाकै पहिलो होमस्टे सुरुबारी र रानिमहलमा पर्यटको संख्या बढाउन सकिने बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधि सभामा बजेटका प्राथमिकताबारे छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले नेपाल पर्यटकको हव भएको हुँदा यसको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले भन्नुभयो , “नेपाल पर्यटनको हव हो तर यसका आधारभूत आवश्यकता भने सरकारले परिपुर्ति गरिदिनुपर्छ । यदी सिद्धार्थ राजमार्गको स्तर उन्नति गर्न सकियो भने स्याङ्जामा रहेको दक्षिण एसियाकै पहिलो होमस्टे र पाल्पामा रहेको रानी महलमा पर्यटनको संख्या वृद्धि हुन्छ ।”
भौतिक पुर्वाधारको विकास गर्नसके नेपालमा पर्यटक भित्र्याउन सकिने उहाँको धारणा थियो ।