राष्ट्रको मूल शक्ती भएको पार्टी कांग्रेस हो : महामन्त्री थापा

२०८२ जेष्ठ ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पुजा खडका

स्याङ्जा, ४ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विचारको राजनीतिमा राष्ट्रको मूल शक्ति भएको पार्टी नेपाली कांग्रेस भएको बताउनुभएकाे छ। शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका स्थित सिटी हलमा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रिय सम्मेलन लाई सम्बोधन गर्दै इतिहास देखि वर्तमानसम्म नेतृत्व र भूमिका निभाएको स्मरण गर्दै विषम परिस्थितिलाई सामना गर्दै अघि बढेको बताउनुभएको हो।

उहाँले व्यवहारिक रुपमा नेपाली कांग्रेसमा समय संदर्भ अनुसार अघि बढ्ने क्षमता राख्दै समस्या हल गर्न जनआकांक्षा अनुरुप समयको माग अनुसार परिस्थिति बदल्छु भन्ने संकल्प गर्दै समाधान खोज्ने तागत र सामर्थ्य राखनु नै राष्ट्रको मूल शक्तिको रुपमा रहेको जिकिर गर्नुभयो।

उहाँले देशको विषम परिस्थितिमा देश सम्हाल्ने हामीले हो हामीले उत्तेजना, जोशमा आएर काम गर्न नहुने बताउँदै परिस्थिति हेरेर मिलाएर अघि बढ्न तागत शक्ति र सामर्थ्य खर्चन आवश्यक रहेको उल्लेख गर्नुभयो। सांसद थापाले पार्टी भित्रको कुनै व्यक्तिले गरेको कमजोरीको जिम्मा सिङ्गो पार्टी ले लिने होइन त्यसको जिम्मा व्यक्ति स्वयं ले लिनुपर्छ भन्दै हामीले पार्टीलें वा अन्य पार्टीका व्यक्तिले गरेका गल्ती कमजोरी ढाक छोप गर्न नहुने बताउनुभयो। उहाँले माओवादी संकट काल मा जन आकांक्षा अनुरुप देशमा शान्तिको लागि आफू पछि परेर हार स्वीकार गरेर पनि देशको अवस्थालाई सम्हाल्ने शक्ति र साहस राखेर पार्टी अघि बढेको बताउनुभयो। उहाँले पार्टीले राष्ट्र सम्हाल्ने हिम्मत र साहस राख्यो र आज हामी यहाँ छौ भन्ने जिकिर गर्नु भयो। उहाँले मत को आधारमा नेपाली कांग्रेस चुनावि प्रक्रियामा जुन स्थितिमा रहे पनि देशको शान्तिको लागि अग्र स्थान मा रहेको उल्लेख गर्नुभयो।

सांसद थापाले समाधानको लागि नीति नियम बनाउँदा कानुनी प्रक्रिया लाई मात्र नहेरी जन आकांक्षा लाई ध्यान दिनुपर्छ भन्ने बताउँदै जन आकांक्षा लाई वेवास्था गरियो भने हामी सफल हुन सक्दैनौं यो कागजी रुपमा रहन्छ हामी काम गर्न सक्दैनौं यसले कुनै फाइदा पुर्याउन सक्दैन भन्ने उल्लेख गर्दै जन आकांक्षा लाई महत्व राखेर कानुनी हिसाब मा अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

उहाँले हामीले गर्ने निर्णय आम नागरिक र संविधानले पनि स्वीकार गर्ने हुनुपर्छ यसरी निर्माण गरिएको निर्णय उपयोगी र सहज हुन्छ भन्दै आम नागरिक का गुनासा र कानुन निर्माण का विषय मा तालमेल हुनुपर्ने बताउनुभयो। उहाँले ढाक छोप र उत्तेजनाको आधारमा नभई आम नागरिकले उठाएका असन्तुष्टिका सवालमा संवेदनशील हुनुपर्ने बताउनुभयो। उहाँले आम नागरिक का असन्तुष्टि माथि छलफल गरी निष्कर्ष दिन आवश्यक रहेको बताउनुभयो। बढ्दो भ्रष्टाचार ले असन्तुष्टि बढेको उल्लेख गर्दै उहाँले कांग्रेस जबाफदेही बन्न सक्नुपर्छ र असन्तुष्टि हटाउन सक्नुपर्छ त्यसको लागि छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले अनुहारमा लागेको दाग ऐना पुछेर हुँदैन भन्दै अनुहार नै पुछ्न आवश्यक रहन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै पार्टी सुद्दिकरण आवश्यक रहेको उल्लेख गर्नुभयो।

विपीको अगुवाइ र जिम्मेवारी ले अघि बढेको कांग्रेस को संगठन हेर्न स्याङ्जा जानु भन्ने भनाई लाई स्मरण गर्दै स्याङ्जामा रहेका स्वतन्त्र सेनानी हरुको स्मरण उहाँहरूले गरेको त्याग तपस्या र योगदान पार्टी प्रति को आस्था रहेको उल्लेख गर्दै सम्मेलनको मुख्य उद्देश्य आपसी संवाद रहेको बताउनुभयो। उहाँले संवाद बिना अघि बढ्न नसकिने बताउँदै आम नागरिक का भाबना पालिका, क्षेत्र प्रदेश हुँदै केन्द्र मा पुर्याउन आवश्यक रहेको बताउनुभयो। उहाँले पार्टीमा सबैको अधिकार बराबर छ जिम्मेवारी मात्र फरक हो भन्ने बताउँदै जिम्मेवारी मा रहनु हुने ले आ आफ्नो जिम्मेवारी अनुसार भूमिका निभाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अव पार्टी अतीत लाई मात्र हेरेर नहुने बताउँदै आउँदो दिनलाई हेरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले अवको नया कार्ययोजना लिएर स्पष्ट रुपमा जनतामाझ जान आवश्यक रहेको उल्लेख गर्नुभयो। देशको परिस्थिति ले विदेशिएका युवा हरु लाई देश भित्र आकर्षक को लागि देश भित्र रोजगारीको अवस्था सृजना आवश्यक रहेको बताउँदै यसको लागि विकल्प सहित अघि बढ्न आवश्यक रहेको बताउनुभयो। उहाँले यसै विषय लाई जोड दिँदै बाहिरी देशले हमारी देशमा लगानी गर्न मान्दैनन् किन भने हाम्रो देशको कानुन ले मुनाफा बाहिर लान दिँदैन यस कारण रोजगार को लागि बाहिरिने संख्या बढ्दो छ । हामीले अन्तराष्ट्रिय लगानी भित्राउन सकेका छैनौं । यसको लागि संविधान संसोधन आबस्यक रहेको बताउँदै देश भित्र लगानी बढाउन र विदेशिने युवा भित्राउन सके मात्र देश भित्र को अवस्था बदल्न सक्छौं भन्ने जिकिर गर्नुभयो।

उहाँले पार्टीको अधिवेशन चुनाव पछि नभई चुनाव अघि नै हुनुपर्ने बताउनुभयो। उहाँले विधि र प्रक्रियामा रहेर अधिवेशन सम्पन्न गर्न आवश्यक रहेको बताउनुभयो। यो दशक विकासमा जोडिन दशक भएको उल्लेख गर्दै कार्य योजना सहित अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

थापाले पार्टीको गुट उपगुट हटाउनको लागि हरेक क्रियाशील सदस्यले अधिवेशनमा व्यक्ति चुन्न पाउनुपर्छ भन्दै यो छलफलको विषय रहेको बताउनुभयो। उहाँले देश सम्हाल्दै गर्दा पार्टीलाई पनि सही तरिकाले विधि विधानमा रहेर देशको ठूलो पार्टी र धेरै ठाउमा पालिका मा भूमिका निभाउँदै आएको हुँदा पार्टीका हरेकलाई प्राथमिकता मा राखेर काम गर्दै सम्भावना खोज्ने प्रयास गर्न आवश्यक रहेको बताउनुभयो।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ का सभापती तथा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न सम्मेलन क्षेत्रीय सचिव मनोज मल्लले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम मा केन्द्रीय सदस्य सरस्वती तिवारी, अब्दुल सतार,स्याङ्जा पार्टी सभापति तथा संघीय सांसद राजु थापा, मुक्तिनाथ कृषि विकासका अध्यक्ष भरतराज ढकाल, गण्डकी प्रदेश पार्टी उपसभापति कल्पना तिवारी, प्रदेश सभापति केशर बहादुर खाण, अर्जुन चौपारी गाउँपालिका अध्यक्ष तथा क्षेत्रीय सभापति प्रकाश तिवारी, पालिका का पार्टी सभापति अन्तर्गत फेदीखोला का महेन्द्र थापा, पुतलीबजार का सुरजकुमार अधिकारी, भिरकोट नगरपालिका का याम प्रसाद अधिकारी (लक्ष्मण), विरुवा गाउँपालिका का डोल राज पोखरेल लगायत अर्जुन चौपारी गाउँपालिका,आँधीखोला गाउँपालिका, वालिङ्ग नगरपालिका का पार्टी सभापति हरु, क्षेत्रिय सचिव सुर्य लामिछाने, नेविसंघ अध्यक्ष गौरव प्रधान, गण्डकी प्रदेश कार्य समिति सदस्य अजित क्षेत्री लगायत विविध वक्ताहरुले पार्टी प्रति पालिका, प्रदेश र क्षेत्र भित्र का बीच विषय का बारेमा उजागर गर्दै नेपालको सम्भावना भएको क्षेत्र कृषि र विकास प्रक्रिया मा देश भित्र युवा रोजगार र सहजता का विषय पार्टी का विधि विधान र पार्टी सुदृढीकरण का विषय पार्टी भित्रका असन्तुष्टि समाधान का विषय पार्टी भित्र का प्यानल र यसले निम्त्याएका समस्याका विषय माथि उजागर गर्नुभएको थियो। कार्यक्रम मा पार्टी प्रति चिन्तन गर्ने शुभेच्छुक देखि केन्द्रीय सदस्य पार्टी भित्रका पदाधिकारी को बाक्लो सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय