पूजा खड्का
स्याङ्जा, ५ जेठ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन ओसार पसारमा पुतलीबजार नगरपालिका वडा नम्बर ५ काउले सुरौदी खोलामा दुई गाडी समातिएका छन्।
सोमबार पुतलीबजार नगरपालिका वडा नम्बर ५ काउले सुरौदी खोलामा ग १ क ३९९७ नम्बरको डोजर र ग १ त ४६७७ नम्बरको ट्याक्टर समातिएकाे हाे ।
काउले सुरौदी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका दुई साधनलाइ कारबाही गरिरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। उहाँले अवैध उत्खनन कार्यमा संलग्न दुई सवारी साधनलाई आबस्यक कारबाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको बताउनुभयाे ।