पूजा खड्का
काठमाडौं , ६ जेठ । नेपाली कांग्रेस का महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस भित्र एक किसिमको छटपटाहट रहेको बताउनुभएको छ।
सोमवार काठमाडौंमा सान्दाजु पुस्तक लोकार्पण समारोह लाई सम्बोधन गर्दै नेपाली कांग्रेसमा छटपटाहट रहेको बताउनुभएको हो। सुवास घिमिरे ले लेखेको बिपी कोइरालाको जीवन कथामा आधारित पुस्तकको लोकार्पण कार्यक्रम मा नेपाली कांग्रेस ठूलो पार्टी रहेको संघ प्रदेश स्थानिय निकाय विविध ठाउँमा कांग्रेस रहँदा पनि कांग्रेस भित्र गुनासो रहेको उल्लेख गर्नुभएको हो।
महामन्त्री थापाले अहिले नेपालको सबैभन्दा ठूलो पार्टी कांग्रेस भएको र कांग्रेस सबैतिर सरकारमा रहेको यो अवस्थामा पनि कांग्रेसमा उकुसमुकुस भाबना, गुनासो छटपटाहट रहेको बताउनुभयो। उहाँले पालिकामा, वडामा, संघमा, सरकारमा नभएको कुनै ठाउ नहुँदा पनि कांग्रेस मा गुनासो छ छटपटाहट छ भन्दै कांग्रेस खुशी हुनुपर्ने ठाउँ मा खुशी देखिँदैन। उहाँले अहिले हामीले बनाएका प्रधानमन्त्री छ अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो हुँदैछ अब सबै हाम्रो अझ अब गभर्नर हाम्रो हुँदैछ जताततै हाम्रो भइरहेको यो अवस्थामा कांग्रेस खुशी हुनुपर्ने तर सबै हाम्रो भएको बेलामा पनि किन कांग्रेस खुशी नभएको त रुहामीले खोजेको त्यो होइन रहेछ भन्दै तर म अवसर पनि छ भन्छु भन्दै आफ्ना धारणा व्यक्त गर्नुभयो।
नेपाली काँग्रेस पार्टीका सन्दर्भमा हामीले चुनावको कुरा गरेउ चुनाव जित्नुपर्छ भन्यौँ । को उम्मेदवार बन्ने कुरा गरेउ हामीले अहिले चुनाव जितेका छौँ अहिले ठूलो दलको रुपमा कांग्रेस रहेको छ तर पनि पार्टी भित्र सन्तुष्टी छैन । उहाले कांग्रेस भित्र देश बनाउनुपर्छ भन्ने संकल्प छ दृढता छ परिस्थिति अनुसार जनआकांक्षा अनुरुप अघि बढ्ने तागत हिम्मत राख्छ र विविध परिस्थिति सङ्ग जुध्दै आएको छ भन्दै नेपाली कांग्रेस नेपालको राष्ट्रिय सक्ती भएको जिकिर गर्नुभयो। उहाले देशको विषम परिस्थितिमा पनि आफू हारेर पनि जन आकांक्षा अनुरुप अघि बढ्न बलियो भएर उभिएको छ समस्या लाई सामना गर्दै कांग्रेस अघि बढेको उल्लेख गर्नुभयो।
उहाले नेपाल बन्दैन भन्ने भ्रम प्रति चिन्ता व्यक्त गर्दै नेपाल बनाउनुपर्छ भन्ने चिन्तन गर्न आग्रह गर्दै काँग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको बताउदै भ्रम लाई चिर्दै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले भ्रम चिरेर समृद्धि हुने गरी सन्तुष्टी हुने गरी छटपटाहट लाई निर्मुल गर्ने गरी कार्य गर्न सबै लागि पर्नुपर्ने बताउनुभयो।