मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिनुपर्छ : सांसद श्रेष्ठ

२०८२ जेष्ठ ७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ६ जेठ । रास्वपा सांसद सुमना श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधानका लागि बिभिन्न आयोग बनेपनि त्यसका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेज बहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याज पीडितको समस्या समाधान हुने बताउनुभयो । तर यसका लागि आफ्नो–अर्को नभनी सवैमाथि अनुसन्धान हुनुपर्ने उहाले उल्लेख गर्नुभयो । श्रेष्ठले आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने राज्यको नीति सहि नभएको धारणा राख्नुभयो ।

उहाले राज्यले नै मिटरव्याज पीडितलाई आन्दोलन गर्न बाध्य पारिरहेको आरोप समेत लगाउनुभयो । यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको उहाले बताउनुभयो । श्रेष्ठले आफ्नो पार्टीको साहुमहाजन जोगाउनका लागि पीडितमाथि राजनीति नगर्न सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय