सिद्धार्थ राजमार्गमा दुर्घटनाको कारण खोज्दै प्रहरी,३ लापसे चालक पक्राउ

२०८२ जेष्ठ ८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ७ जेठ । लागू पदार्थ सेवन गरि सिद्धार्थ राजमार्गमा सवारी चलाउने ३ चलाकलाई स्याङ्जा प्रहरीले कारबाही गरेको छ । राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न स्याङ्जाको पुतलीबजारमा मंगलबार ३० निजि तथा सार्वजनिक सवारीसाधन चालकलाई लापसे चेक गर्दा ३ जनामा लागु पदार्थ सेवन गरि सवारी चलाएको पाइएपछि कारबाही गरिएको थियो ।

कारबाहीमा परेका तीन जना अर्जुन चौपारी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३९ का चोक बहादुर गुरुङ्ग लु २ ख २७९१ नम्बरको बस चालक , मधेस प्रदेश ०३००१ ख ८७७६ नम्बरको बस चालक बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका वडा नंवर ३ बस्ने वर्ष ३५ का सुजन लामा र ना ३ च ४०४८ नम्बर को निजी जिप चालक वर्ष २२ का खगेन्द्र भुसाल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

सडक दुर्घटना न्यूनीकरण एबं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्य सहित जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जा गण्डकी यातायात प्रा ली को सौजन्य र जिल्ला अस्पताल स्याङ्जाको सहकार्यमा पुतलीबजार नगरपालिका वडा नम्बर १ विष्णु पधेरा स्थित बसपार्कमा लापासे चेकिङ्ग अभियान सुरुवात गरेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख दधिराम न्यौपानेको अध्यक्षतामा तथा स्याङ्जा गण्डकी यातायात प्रा ली का अध्यक्ष लगायतका पदाधिकारी र सञ्चार कर्मीको उपस्थितिमा दिउँसो ३ बजे कार्यक्रम शुभारम्भ भएको थियो।कार्यक्रम सुरुवात पश्चात सिद्धार्थ राजमार्गमा गुडिरहेका ३० वटा निजी तथा सार्वजनिक साधनहरू रोकी चालकहरुलाई टेस्ट किट द्वारा लागू औषध सेवन गरे नगरेको चेक जाच गरिएको प्रहरी स्रोत बाट खुल्न गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय