पूजा खड्का
स्याङ्जा, ८ जेठ । लागू औषध सहित वालिङमा एक व्यक्ति पक्राउ परेका छन । बिहिबार बुटवलबाट पोखरा तर्फ जाँदै गरेको हाइसमा सवार एक व्यक्ति लागू औषध सहित पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथ बस्ने २६ वर्षका अजित परियार रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
लागू औषध डाइजेपाम ७ एप्पुल, फेनारेगन ७ एप्पुल , र आइपिल ७ एप्पुल गरी जम्मा २१ एप्पुल रहेको थियाे । बुटवलबाट पोखरा तर्फ जाँदै गरेको बा २ ख१५९२ नम्बरको हाइसमा सवार व्यक्तिलाइ प्रहरी नियन्त्रणमा रहेको लिएकाे छ।