स्याङ्जाको अर्जुनचौपारी र पुतलीबजारमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तिन गाडी कारबाही

२०८२ जेष्ठ ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा , ८ जेठ । स्याङ्जाको अर्जुनचौपारी र पुतलीबजारमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसारमा संग्लग्न तिन गाडीहरु कारबाहीमा परेका छन् ।  अर्जुन चौपारी गाउँपालिकाको वडा नम्बर ४ र पुतलीबजार नगरपालिकामा वडा नम्बर १३ मा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा फेला पारी सवारी साधन स्याङ्जामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

अर्जुन चौपारी गाउँपालिकामा वडा नम्बर ४ घट्टे खोला को दरौ खोलाको किनार बाट माटो ढुंगा उठाउँदै गरेको अवस्थामा ग १ क ३३११ नम्बरको जेसिवि र ग १ त ५०३० नम्बरको ट्याक्टर र ग १ त ५२२७ नम्बर को ट्याक्टर रहेको छ । त्यसै गरी स्याङ्जा को पुतलीबजार नगरपालिका वडा नम्बर १३ दरौ खोला स्थित पुलबाट अन्दाजी २ सय मिटर को दुरीमा ढुंगा लोड गर्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय