पूजा खड्का
स्याङ्जा, १० जेठ । विरुवा गाउँपालिका वडा नम्बर ६ चिन्नेबास को भुवान स्थित ज्याग्दी खोलामा नदीजन्य पदार्थ उत्खनन ओसार पसारमा संग्लन सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
नदीजन्य पदार्थ उत्खननमा संग्लग्न सवारी साधनलाई प्रहरीले नियंत्रणमा लिएको हाे।
सवारी साधनमा ग १ क ३११५ नम्बरको जेसिबी, ग १ क ५४९८ र ग १ क ५४९९ नम्बर को दुई वटा टिप्पर प्रहरीको नियंत्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। उक्त उत्खननमा संग्लग्न साधनलाई विरुवा गाउँपालिकाको कार्यालय स्याङ्जामा पठाइएको छ।