पूजा खड्का
स्याङ्जा, १० जेठ । “सकारात्मक सोचका साथ रचनात्मक कार्य गरौ, जति सकिन्छ त्यति गरौ, केही न केही त अवश्य गरौ ” भन्ने उद्देश्य सहित भिरकोट नगरपालिकामा शुक्रबार सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा साइबर अपराध नागरिक समाज र सुरक्षा निकायको भूमिका भन्ने शिर्षकमा सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम सुरुवात भएको हो। कार्यक्रम मौलिक विचारको लेखाइबाट कलात्मक प्रस्तुतिलाई प्राथमिकतामा राख्दै बाल ज्योति आबासीय मा बि मा सम्पन्न भएको थियो।
प्रतियोगिता कार्यक्रममा दहथुम मावि की छात्रा चाहना के.सी.ले प्रथम स्थान हात पार्न सफल भएकी छन् ।
त्यसै गरी पिपल डाँडा मा.वि. की छात्रा मनिषा खाम्चाले द्धितीय स्थान र जनप्रिय माविकी छात्रा सवनम पराजुलीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन् । त्यसै गरी प्रतियोगितामा राजेन्द्र भवानी मा.वि. की छात्रा रमा अर्यालले सान्तवना स्थान हासिल गर्न सफल भएकी छन् ।
“सकारात्मक सोचका साथ रचनात्मक कार्य गरौ” भन्ने भाब सहित सुरुवात भएको सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम भिरकोट नगरपालिकाको समन्वयमा र गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका जीवन पौडेल, प्रतियोगितामा भाग लिएका भिरकोट नगरपलिका भित्रका विद्यालयका विद्यार्थीहरु, शिक्षक तथा बाल ज्योति माबि का विद्यार्थी र शिक्षक शिक्षिका को सहभागिता रहेको थियो।
कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले उत्कृष्ट प्रतियोगितामा सफल विद्यार्थी हरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।