आरोप साँचो भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छुः गृहमन्त्री लेखक

२०८२ जेष्ठ ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१० जेठ। गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको सबै आरोप गलत भएको दाबी गर्नुभएकाे छ । काठमाडौंमा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएकाे हाे  ।

गृहमन्त्री र उहाँका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा आएपछि लेखकको आलोचना भइरहेको छ ।

उहाँले आरोप साँचो भए राजनीति नै छोड्ने बताउनुभयाे ।

‘मलाई लागेको सबै आरोप गलत हुन् । आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छु’, उहाँले भन्नुभयाे ।

यसअघि जनकपुरमा भएको एक कार्यक्रममा पनि गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप सही ठहरिए राजनीतिमै देखा नपर्ने बताउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय