तनहुँ , ११ जेठ । तनहुँ व्यास नगरपालिका वडा नम्वर ५ मादीमा बलेरो दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । भने दुइ जना घाइते भएका छन ।
दमौलीबाट पोखरा तर्फ जादै गरेको ग २ च ५७६० नम्वरको बलेरो गाडी पुलदेखि तल मादी नदिमा खसेको हो ।
मृत्यु हुनेमा तनहुँ व्यास न पा ५ बेतेनी बस्ने २८ बर्षका प्रविन आले मगर , मानुङसोहरा बस्ने २२ बर्षका कुशल थापा मगर र तनहुँ व्यास बस्ने २२ बर्पका कुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेमा तनहुँ व्यास न पा ४ बस्ने २४ बर्षकी सनि बनियाको ढाडमा चोट लागेको र पर्सा प्रनानिपुर ३ बस्ने २० बर्षका धिरज रोनियारको घाटी ,छातीमा भित्री चोट र दायाँ खुट्टा काटेको छ ।
घटना सम्वन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।