अर्थमन्त्रीलाई नेविसंघको २५ बुँदे ध्यानाकर्षण (पुर्ण पाठ सहित)

२०८२ जेष्ठ १३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ , १२ जेठ । नेपाल विद्यार्थी संघले कुल बार्षिक बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षणपत्र बुझाउदै नेविसंघले कुल बजेटको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रुपमा सार्वजनिक शिक्षा क्षेत्रमा बिनियोजन गर्नुपर्ने माग राखेको हो । त्यस्तै विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक बर्षदेखि प्रभावकारी रुपमा लागू हुनेगरि आवश्यक विनियोजन गर्न समेत माग गरिएको नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले जानकारी दिनुभयो । उहाले महङ्गी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरुको जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने बस्तुहरुमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगाएतका बिषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

नेविसंघले बैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० बर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय