स्याङ्जामा कुखुराको खोरमा पसेको चितुवाले मान्छेलाई आक्रमण गर्‍यो

२०८२ जेष्ठ १४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा,१३ जेठ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–११ तल्लो पेखुमा चितुवाको आक्रमणबाट एक जना व्यक्ति घाइते भएका छन् ।

घाइते हुनेमा ४५ वर्षीय मुक्तबहादुर थापा रहेका छन् । घर नजिकैको कुखुराको खोरमा चितुवा पसेको देखेर हेर्न गएका थापा माथि चितुवाले अचानक आक्रमण गरेको स्थानीयले बताएका छन् ।

आक्रमणमा परेका थापाको टाउको र हातमा चोट लागेको छ । उक्त क्षेत्रमा चितुवाले दिनहुँजसो पशुचौपाया माथि आक्रमण गर्दै आएको स्थानीयवासीको भनाइ छ ।

घाइते थापालाई वालिङ स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय