जेठ १५ गते हुने कार्यक्रमलाई भड्काउन खोजियाे : अध्यक्ष राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफुहरुको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको बताउनुभएको छ ।

जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष लिङ्देनले आफुहरुले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्रीले त्यहि नजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले आफुहरुको कार्यक्रमलाई भड्काउन खोजिएको बताउनुभएको हो ।

उहाँले सरकारको तर्फबाट मुडभेड निम्ताउने क्रियाकलाप भएको आरोप लगाउनुभयो । अध्यक्ष लिङ्देनले आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दा बढि स्वयंसेवक परिचालन गर्ने जानकारी दिनुभयो ।

राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उहाँको भनाइ छ । उहाँले राजनीतिक स्वार्थका लागि नभइ नेपालजस्तो देशका लागि भोटको राजनीति भन्दा माथि रहने अभिभावकीय संस्थाका रुपमा राजा रहनुपर्नेमा जोड दिएको बताउनुभयो ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताउनुभयो । तर आफुहरुका लागि पात्र भन्दा पनि राजसंस्था महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । उहाँले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउन नपाउने व्यवस्था गरेको भन्दै आफुहरुले निर्वाध रुपमा आफ्नो गतिविधि गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफुहरुको आन्दोलन नितान्त शान्तिपूर्ण हुने भन्दै प्रशासनसंग भिडन्त गर्ने पक्षमा नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय