युवराज सुवेदी
रुपन्देही, १४ जेठ । बुटवल उपमहानगरपालिका–११, होराइजनचोक नजिकै एक महिलासहित उनका दुई छोरीको विभत्स हत्या भएको छ। ३१ वर्षीया दीपा बस्याल, ७ वर्षीया स्नेहा र ४ वर्षीया नानी बस्यालको घरेलु हतियार (हथौडा र चक्कु) प्रयोग गरी हत्या गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घटना आज बिहान करिब ४ बजे मिलिजुली पथमा भएको हो। हत्या आरोपी सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा सुजन पूर्व पत्नी दीपालाई आफ्नै घरमा बोलाई हत्या गरेको खुलेको छ। उनीहरूबीच केही वर्षअघि सम्बन्धविच्छेद भएको थियो प्रहरीले बताएको छ।
स्थानीयका अनुसार अभियुक्त सुजनले यसअघि आफ्नै दाजुको हत्या गरी जेल बसेका थिए र संविधान दिवसमा आममाफी पाएर छुटेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।