कृष्णप्रसाद ढकाल
काठमाण्डौ, १४ ज्येष्ठ । काठमाण्डौ महानगरपालिका १६ वनस्थली स्थित ऐराहिटी च्छोरोल्पा पार्टीप्यालेसको विशाल हलमा सप्ताहव्यापी श्रीमद्भागवत महापुराण अनुष्ठान समापन भएको छ ।
श्रीमद्भागवत सत्संग आयोजक समितिबाट यही २०८२ ज्येष्ठ ७ गतेबाट १३ गतेसम्म राष्ट्रभक्तिले ओतप्रोत नेपालको महिमा सहित सप्ताहव्यापी श्रीमद्भागवत महापुराण अनुष्ठान संचालनमा थियो । यस अनुष्ठानका दिव्य प्रवचकमा जगद्गुरु महाराजश्री स्वयं हुनुहुन्थ्यो, वाँहाले २५ बर्षको कलिलो उमेरमै नेपालको सुनसरी जिल्लास्थित बराहक्षेत्र प्रवेशमार्गमा रहेको चतराधामलाई प्राचीन हरिद्धार भएको कुरा काँशी लगायत विश्वका बिभिन्न विशिष्ट धर्माचार्य एवं आधिकारिक वैदिक सत्सम्प्रदायका जगद्गुरुहरुका बीचमा शास्त्रार्थ गरी सिद्ध गराई उक्त चतराधाममै कुम्भ आयोजना संचालन अनुमोदन र स्थापित गराउन सफल हुनुभयो । फलस्वरुप अब प्रत्येक ६ बर्षमा अर्धकुम्भ र प्रत्येक १२ बर्षमा पूर्णकुम्भ आयोजना संचालनमा रहने नियम बसाइदिनु भयो । त्यसपछि वाँहालाई वैदिक सनातन धर्मका सैयौं विशिष्ट विद्धानहरुको १४० बर्ष पुरानो आधिकारिक संस्था “काशी पण्डितसभा”ले वि.सं.२०६७ वैसाख १ गते औपचारिक निर्णय गरी ३३ बर्षकै उमेरमा जगद्गुरुको उपाधिबाट विभूषित गरी काशीविद्धत परिषदले जगद्गुरुलाई सम्मान तथा अभिनन्दन गरेको थियो ।
यस्ता महान व्यक्तित्व परमादरणीय नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्रीविभूषित श्रीवालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका मुखारबिन्दबाट दिव्य अमृतवाणी प्रवचन हुने भएपछि पार्टीप्यालेस संचालक नरबहादुर कार्कीले अनुष्ठानको समयावधी भरी पार्टीप्यालेस निशुल्क उपलब्ध गराउने वचन दिए, जसले आयोजकमा हौसला जगायो । समापन अवसरका दिन आफ्नो जन्मदिन परेको खुशीयालीमा ब्याचलर अध्ययन सम्पन्न गरेकी २३ बर्षिया एलिशा वजगाईंले प्रसादखर्च ब्यवस्थापनको जिम्मा पाउन गरेको आग्रहले बालयुवा र बृद्ध सबैको अनुष्ठान संचालनमा अपनत्व रहेको स्पष्ट देखिन्थ्यो ।
समापन कार्यक्रममा पुर्व जर्नेल भरत पाठकले नेपाललाई हिन्दू राष्ट्र बनाउन सबैले एकताको प्रण गनुपर्ने समय आएको बताए । ्त्यसरी नै पुर्व एसएसपि फडिन्द्र शर्मा, पुर्व एसपि भरत शर्मा, पुर्वमेयर राजाराम श्रेष्ठले हाम्रो सौभाग्य हो जगद्गुरुकै मुखारविन्दबाट भागवत सुन्न पायौं वाँहाले उद्घाटन अवसरमा स्वागत मन्तव्य पनि राख्नु भएको थियो । स्थानीय दिपक अधिकारीको अनुहार भावुक देखिन्थ्यो गत २८ गते जगद्गुरु माहाराजश्रीबाट अनुष्ठान संचालनको अनुमति प्राप्त हुनासाथ हतारहतार रामचन्द्र लामिछाने सहित साथीहरुलाई सुनाएँ सबैको हर्षको सीमा नै रहेन र यो ६ दिनको छोटो अवधीमा अनुष्ठान थालनी गरी सम्पन्न गर्नपाउँदा हामीमा ईश्वरीय आशिर्वाद रहेको अनुभूति भएको छ । अनुष्ठान संचालन अध्यक्ष श्याम खड्काले हामी पूजाआजा गर्छौं टीका लगाउँछौं त्यतिले मात्र अब हुँदैन हिन्दू राष्ट्रका लागि अभियानमा लाग्नुपर्छ भन्दै जगद्गुरु महाराजश्रीबाट देवस्थलहरुका बारे सुन्न पाउँदा खुशी लागेकोछ, जगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वियदर्शन अध्ययन केन्द्रबाट प्रवक्ता तथा ईतिहासविद कृष्णप्रसाद ढकाल, अस्पताल संचालक किरण दवाडी लगायतको विशाल उपस्थितिमा भव्यरुपमा सप्ताहव्यापि धार्मिक अनुष्ठान समापन भएको छ ।