काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताउनुभएकाे छ । बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताउनुभएकाे हाे ।
स्रोतका अनुसार, ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताउनुभएकाे छ । बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको छ ।
उता विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रणनीति अख्तियार गरेका छन् ।