भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही

२०८२ जेष्ठ १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१४ जेठ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते बिहीबार आफुहरुले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभएको छ ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभएको हो ।

उहाले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफुहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाउनुभयो ।

शान्तिबाटीकामा आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने उहाले बताउनुभयो । शाहीले आफुहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गर्नुभयो ।

उहाले आफुहरुको पीएसओ हटाएको बिषयमा सरकारसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय