बाँदर लाग्ने ठाउँमा तरुल, बेसार, चिया, कफी, अदुवा-खुर्सानी खेतीमा सरकारको प्रोत्साहन

२०८२ जेष्ठ १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१५ जेठ । सरकारले बाँदरको जोखिम रहेका क्षेत्रमा सिमल, तरुल, बेसार, चिया कफी, अदुवा खुर्सानी लगायतका खेती गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

बाFदर बदेल निलगाई जस्ता जंगली जनावरबाट खेतीबालीमा हुने नोक्सानी कम गर्न नियन्त्रणका उपाय अबलम्बन गरिने र पुष्प उत्पादनलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार