काठमाडाैं,१५ जेठ । सरकारले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण गर्दै खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने बताए ।
झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् । यस्तै काठमाडौंको मुलपानी लगायत मोरङ,कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको छ ।
यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले बताए ।
चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको छ ।